बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको ५ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४० रुपैयाँ १९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८४ रुपैयाँ ३४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ०९ पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ।