माछापुच्छ्रे बैंक २३औं वर्षपार गरी २४औं वर्षमा प्रवेश गरेको छ। बैंक २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको हो।
बैंक ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानले आजको दिनमा आइपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ।
२३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ।
उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवम् उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवम् शुभचिन्तकहरू प्रति कृतज्ञता ज्ञापन गरे।
उनले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैंकको संस्थागत सुशासनको महत्व मनन गरी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरूलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आइरहेको बैंकले आजको दिनसम्म आइपुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको बताए।