नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलो नीति लिएको छ।
बिहीबार परिपत्र जारी गरेर एकीकृत निर्देशन सच्याउँदै राष्ट्र बैंकले २५ लाखभन्दा माथिको व्यक्तिगत हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो।
यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार रहेकोमा घटाएर १२५ प्रतिशतमा झारेको छ।
राष्ट्र बैंकले केही समयअघि २५ लाखसम्मको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत बनाएको थियो।