राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
यस्तै, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा आज १४० रुपैयाँ ३४ पैसा र बिक्रीमा १४० रुपैयाँ ९८ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ३० पैसा र बिक्रीदर १६३ रूपैयाँ ०४ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २० पैसा र बिक्रीमा २८ रुपैयाँ ३२ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १३ पैसा तोकिएको छ।