मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घटेको छ।
यसदिन नेप्से ०.९९ प्रतिशतले घटेर १८८९.५९ बिन्दुमा बन्द भएको छ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको सेयर बजारले आज चौथो दिन पनि निरन्तरता पाएको हो।
चार कारोबार दिनमा नेप्से परिसूचक ७८.३५ अंकले घटिसकेको छ।
मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
गत कारोबार दिन १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ पुगेको छ।
यस दिन २८२ वटा धितोपत्रको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.८६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य २८९ रुपैयाँ पुगेको छ।
यस्तै, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ४.१९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६४६ रुपैयाँ पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा बाराही हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४५८ रुपैयाँमा झरेको छ।
यस्तै, गरिमा डिवेञ्चर २०८५ को मूल्य ५.८३ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१४ रुपैयाँमा सीमित भएको छ।
मंगलबार सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९९ रुपैयाँमा २० करोड ३७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६९ रुपैयाँमा ३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो।