नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्नुपर्ने भन्दै कर्मचारीहरूले दबाब कार्यक्रम सुरू गरेका छन्।
बुधबार नेप्से कर्मचारी संघको आयोजनामा प्लेकार्ड प्रदर्शन सहित एक घण्टे धर्ना कार्यक्रम गरिएको छ।
नेप्सेलाई आइपिओमार्फत् पुनर्संरचना गरेर सबल, सक्षम, प्रतिस्पर्धी र आधुनिक प्रविधियुक्त बनाउन भन्दै धर्ना कार्यक्रम गरिएको हो।
केही समयअघि नेप्सेको सञ्चालक समितिले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदन अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष पेस गरेको थियो।
प्रतिवेदनअनुसार नेप्सेले ५० करोड रूपैयाँको आइपिओ जारी गर्ने प्रस्ताव गरिएको छ। त्यसबाहेक रणनीतिक साझेदार र सरकारी संस्थानहरूबाट एक अर्ब ५० करोड रूपैयाँ लगानी भित्र्याउने योजना प्रतिवेदनमा उल्लेख छ।