सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत गरी ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने बैंकले १२.५ प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा बैंकको लाभांश दर घटेको छ।