सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १५ पैसा घटेको हो।
यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६१ रुपैयाँ ४४ पैसा र बिक्रीमा १६२ रुपैयाँ १७ पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८३ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८४ रुपैयाँ ०२ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ १९ पैसा तोकिएको छ।