सोमबार नेप्से परिसूचक २३.१६ अंकले घटेको छ।
यस दिन नेप्से १.२३ प्रतिशतले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ पुगेको छ।
यस दिन २८४ वटा धितोपत्रको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७४० रुपैयाँ कायम भएको छ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ७.३१ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९३ पैसा पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५३८ रुपैयाँ २० पैसामा झरेको छ।
यस्तै, हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य पनि १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१० रुपैयाँ ५० पैसामा सीमित भएको छ।
सोमबार प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०८ रुपैयाँमा ६ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाथवे इन्भेष्टमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३१० रुपैयाँ ५० पैसामा ५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको हो।