नेपाल युवा उद्यमी फोरम (एनवाइइएफ) स्टार्ट अप अवार्डको तेस्रो संस्करण हुने भएको छ।
बढीमा ५ वर्षदेखि सञ्चालनमा रहेको स्टार्ट अपले मात्रै यो अवार्डमा सहभागी हुन पाउनेछन्। स्टार्ट अपले उत्पादन गरिरहेको वा सेवा प्रदान गरिरहेको हुनुपर्नेछ। कार्यक्रममा सहभागिता दिनै पर्ने मापदण्ड तोकिएको छ।
स्टार्टअपहरूलाई आफ्नो विचार राख्न, सञ्जाल बनाउन र व्यवसाय बढाउन यो सहयोगी हुने अपेक्षा कार्यक्रमको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रवर्द्धनमा यो कार्यक्रम हुन लागेको हो।
यो अवार्डको पहिलो विजेताले चार लाख, दास्रोलाई दुई लाख र तेस्रो हुनेलाई एक लाख रूपैयाँले पुरस्कृत गरिनेछ। यसअघि सन् २०२१ मा डक्टर्स अन कल विजयी भएको थियो।
सन् २०२२ मा भने कारोबार एप बाइटकेयर टेक्नोलोजी र डेलिश डेरी पुरस्कृत भएका थिए।
हाल नेपालभर एनवाइइएफको १३ च्याप्टर र ८ सय ५० भन्दा धेरै सदस्य छन्।