शुक्रबार अमेरिकी डलरको भाउ स्थिर छ। बिहीबार एक डलरको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसामा रहेकोमा अमेरिकी डलरको विनिमय दर सामान्य दरमा घटेको हो।
शुक्रबार एक डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ३३ पैसा र बिक्रीमा १४० रुपैयाँ ९६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ९० पैसा र बिक्रीमा ८४ रुपैयाँ २८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रुपैयाँ ८९ पैसा र बिक्रीमा २८ रुपैयाँ ०१ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ५४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०४ पैसा तोकिएको छ।