ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकलाई ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ।
बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले टीकाको दिन दक्षिणाका रूपमा पैसा पठाउँदा १० प्रतिशत (एक सय रूपैयाँसम्म) तुरून्तै क्यासब्याक पाउने छन् ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड 'DAKSHINA' लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ।
ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ताले २०८० कात्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने छन्।
ग्लोबल आइएमई बैंकका ७७ जिल्लामा शाखा सञ्जाल छन्।
बैंकले तीन सय ५२ शाखा कार्यालय, तीन सय ७१ एटिएम, तीन सय २२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वेदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।