चिरख्वा हाइड्रोपावरको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक आरबिबी मर्चेन्टको कार्यालयमा भएको बाँडफाँटमा ८५ हजार ९३० जनाले गोलाप्रथामार्फत् १० कित्ताका दरले सेयर पाएका हुन्।
उक्त आइपिओमा कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएकोमा ११ लाख ३१ हजार ९३६ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।