राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा आज १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १७ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६३ रूपैयाँ १५ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १४ पैसा तोकिएको छ।