ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि बैंकको आगामी १७औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।