नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
यो सँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरू भएका छन्।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योति प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरे।
उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली,लगायत स्थानीयहरूको उपस्थिति रहेका थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरूले बैंकिङ सेवाको पहुँच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए।
बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरूलाई यस शाखामार्फत् बैंकले प्रभावकारी सेवा दिइने बताए।
हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत् सुविधा दिँदै आएको छ।