नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ०८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८५ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रुपैयाँ १२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १० पैसा तोकिएको छ।