सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरी गरी १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको नवौं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।