बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेको छ।
यसदिन नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २८८ वटा धितोपत्रको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८७० रुपैयाँ पुगेको छ।
यस्तै, पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ७.४० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य २५४ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०४ रुपैयाँमा झरेको छ।
यस्तै, सामलिङ पावरको सेयर मूल्य ५.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३३ रुपैयाँ ३० पैसामा सीमित भएको छ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २७३ रुपैयाँमा ५ करोड ६१ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, होटल्स तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।