बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष पनि कम्पनीले सोही अनुपातमा लाभांश वितरण गरेको थियो।