मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये ९.५० प्रतिशत बोनस सेयर ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।