साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ११.८५ अंकले घटेको छ।
यसदिन नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँ पुगेको छ।
यस दिन २८२ वटा धितोपत्रको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०७ रुपैयाँ पुगेको छ।
यस्तै, सनराइज ब्ल्यू चीप फण्डको इकाइ मूल्य ५.८५ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाइ मूल्य ७ रुपैयाँ ७८ पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७३८ रुपैयाँमा झरेको छ।
यस्तै, नेपाल एसबिआइ बैंकको सेयर मूल्य ६.४३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा सीमित भएको छ।
बिहीबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २५९ रुपैयाँमा ७ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२० रुपैयाँमा ३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ।