नेपाल लाइफ इन्सुरेन्सले जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावितलाई दश लाख रूपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ।
न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प पिडितलाई कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत राहत सहयोग गरेको हो।
कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान कम्बल हस्तान्तरण गरेका छन्।
त्यस्तै, आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत वडा–१४ का अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।