नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार डलर र युरोको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा तोकिएको छ। बिहीबार डलरको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसामा भएको थियो।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९२ पैसा पाइन्छ। बिहीबार युरोको खरिददर १४४ रूपैयाँ २० पैसा र बिक्रीमा १४२ रूपैयाँ ८५ पैसा थियो।
यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४१ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ७२ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको भाउ शुक्रबार केही घटेको हो।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३४ पैसा र बिक्रीमा २८ रूपैयाँ ४७ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६५ पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ०५ पैसा तोकिएको छ।