सोमबार पनि युरोपियन युरोको मूल्य बढेको छ। गत शुक्रबारदेखि लगातार बढेको मूल्य सोमबार १२ पैसाले बढेको हो।
आज युरो एकको खरिदमा १४५ रूपैयाँ दुई पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसा पाइन्छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सोमबारको विनिमयदरअनुसार डलरको मूल्य स्थिर छ।
एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा छ।यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९० पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा पाइन्छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ९२ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको भाउ सोमबार केही बढेको हो।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीमा २८ रूपैयाँ ५३ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २० पैसा र बिक्रीमा ४३३ रूपैयाँ १५ पैसा पाइन्छ।
त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ।