डिजिटल रेमिटेन्स कम्पनी इ–सेवा मनी ट्रान्सफर र विश्वको अग्रणी रेमिटेन्स कम्पनी मनी ग्रामबीचको लामो समयदेखि बैंक र इ–सेवा वालेटमा भएको साझेदारी अब नगद रेमिटेन्स भुक्तानीमा पनि सुरू भएको छ।
यो सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले मनी ग्राममार्फत् इ–सेवा मनि ट्रान्सफरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड इ–सेवा मनी ट्रान्सफरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले पुस १५ गतेसम्म नगद रेमिटेन्स पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन्। अफर अन्तर्गत आगामी १० दिनसम्म मनी ग्राममार्फत् नगद पठाउदा अतिरिक्त १०० रूपैयाँ बोनस पाउनुका साथै टि सर्ट, टोपी, कलम र किचनका आकर्षक सामग्रीहरू प्राप्त गर्नेछन्।
साथै पुस १५ गतेसम्म नगद रेमिटेन्स पठाउनेमध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन्।
यस सम्झौताबारे इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाले भने, 'मनीग्राम जस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ।'
साथै, भुक्तानी केन्द्रहरूको संख्या विस्तार गरी ग्राहकहरूको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन प्रतिबद्ध रहेकाे समेत उनले बताए।
मनीग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिटेन्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीको सेवा विश्व भरी सञ्चालनमा रहेका छन् जसले ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन्।
इ–सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत् पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।