चाइना ट्रेड बहु-उद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ नियुक्त भएका छन्।
संस्थाको १६औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्वमा श्रेष्ठलाई निर्वाचित गरेको हो।
श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेश चन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्ण बहादुर गुभाजु कोषाध्यक्ष र किशोर गजाधर खड्का निर्वाचित भएका छन्। गणेश कुमार अग्रवाल र मोहन बोहरा सञ्चालकमा निर्वाचित भएका छन्।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरूमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन्।
७० लाख सेयर पुँजीबाट १६ वर्ष अगाडि स्थापित संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको उल्लेख गरिएको छ। सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको उल्लेख छ।