एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिमा नयाँ एटिएमको उद्घाटन गरेको छ। बैंकले गाउँपालिकाको वडा नं. ३ मा रहेको श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा एटिएमको उद्दघाटन गरेको हो।
एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा गरेका हुन्। योसँगै बैंकको एटिएमको संख्या १६३ पुगेको छ।
मिल्सका निर्देशक न्यौपानेले नयाँ एटिएम सञ्चालनले मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीयलाई सहजता पुग्ने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरे।
बैंकलले एटिएम सञ्चालनसँगै कार्यक्रममा उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराए।
उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति थियो।
बैंकले देशभर रहेको आफ्नो १२७ शाखा सञ्चाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ एटिएमबाट सेवा पुर्याइरहेको छ।