साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेको छ।
यसदिन नेप्से परिसूचक ०.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँ पुगेको छ।
यस दिन २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको हो।
आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य क्रमशः २२० रूपैयाँ ४३७ रूपैयाँ ८० पैसा पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा इन्फिनिटी लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य २.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५८३ रूपैयाँ २० पैसामा झरेको छ।
यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको इकाइ मूल्य २.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८ रूपैयाँ ७० पैसामा सीमित भएको छ।
आइतबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २९३ रूपैयाँ ३० पैसामा ११ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७० रूपैयाँमा ७ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशतले बढेको छ।
यस्तै, वित्त समूहको परिसूचक ३.९१ प्रतिशतले बढेको छ।