नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि 'फन्ड ट्रान्सफर'मा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।
यो अफर अन्तर्गत हरेक तीन जना भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १/१ थान स्मार्टफोन जित्न सक्नेछन्।
उक्त अफर मंसिर १० गतेदेखि पुस ९ गतेसम्म लागू हुने बैंकको भनाइ छ।
एनआईएमबी स्मार्ट एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीन जना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने जनाइएको छ।
सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।
फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआईएमबी स्मार्ट एपमा लग–इन गरी, फन्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस लाई छनोट गर्नुपर्ने हुन्छ।
मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम भएको बैंकले बताएको छ।
भुक्तानी तथा ट्रान्सफरका लागि मोबाइल बंैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।