सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो। यो मूल्य हाल सम्मकै उच्च हो।
सोमबार पनि डलर सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा तोकिएको छ।
यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ५३ पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०१ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ६० पैसा र बिक्रीमा ९८ रुपैयाँ ०४ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा तोकिएको छ।