सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडाैंको टेकुमा सञ्चालनमा ल्याएको छ।
यससँगै काठमाडाैं उपत्यकाभित्र यस बैंकको ३७ वटा शाखाहरू र बाग्मती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा आएका छन्।
टेकुमा आयोजित एक कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे।
कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो।
उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस शाखामार्फत् लकर सेवा, एटिएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।
बैंकले १८९ वटा शाखा, १४९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।