बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५९ पैसा र बिक्रीमा २८ रुपैयाँ ७२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ २२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा तोकिएको छ।