एनएमबी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।
साथै, सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।
गत वर्ष भने बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।