फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७९/८० सम्मको वितरण योग्य नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।