कर्जा विस्तार सुस्त भएसँगै पर्याप्त तरलता भएपछि बैंकहरूले राष्ट्र बैंकमा १५ अर्ब रूपैयाँ राखेका छन्।
विभिन्न बैंकहरूले १.०४ प्रतिशत ब्याजदरमा यो रकम राष्ट्र बैंकमा राखेका हुन्।
राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन प्रक्रियामा भाग लिएर यो दरमा निक्षेप राखिएको हो।
५१ वटा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ४० अर्ब १० करोड रूपैयाँसम्म राख्न बोलकबोल प्रक्रियामा भाग लिएका थिए। बैंकहरूले १.१६ देखि ०.९९ प्रतिशतमा रकम राख्ने आशय पेस गरेका थिए। कट अफ प्राइसमा ब्याजदर १.०४ प्रतिशत कायम भएको हो।
राष्ट्र बैंकले ब्याजदर करिडरको तल्लो सीमामा निक्षेप संकलन सुविधा रहने र यो ४.५ प्रतिशत हुने उल्लेख गरेको थियो। बैंकहरूले एकआपसमा सापटी लिने अन्तरबैंक सापटीको ब्याजदर पनि ४.५ प्रतिशतमाथि राख्ने बताइएको थियो।
हाल अन्तर बैंक सापटीको ब्याजदर १.८९ प्रतिशत छ। यही कारण राष्ट्र बैंकले निक्षेप संकलनमार्फत तलरता खिचिरहेको हो।
यसअघि मंसिर १० गते दस अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३९ अर्ब ६० करोड रूपैयाँ राख्न बैंकहरूले प्रस्ताव गरेका थिए।
सो समय औसत ब्याजदर १.१४४५ प्रतिशत कायम भएको थियो।