मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरोको मूल्य पनि बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
सोमबार डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा १४४ रुपैयाँ ७९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसाले महँगो हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५५ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९७ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ०५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९९ पैसा तोकिएको छ।