बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ९ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५० पैसा र बिक्रीमा २८ रुपैयाँ ६२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ०५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४७ पैसा तोकिएको छ।