नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६७ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७४ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रूपैयाँ २० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४७ पैसा र बिक्रीमा २८ रूपैयाँ ६० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५८ पैसा तोकिएको छ।