ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कपिल ढकाल नियुक्त भएका छन्।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको ४७१औं बैठकले ढकाललाई बैंकको सिइओ पदमा नियुक्त गरेको हो।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल २०८० मंसिर ८ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ढकालसँग डिलोइट इन्डिया, आइसिआइसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ।
उनी एनआइसी एसिया क्यापिटल र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटलको अध्यक्ष पनि छन्।
नव–नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा यस बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।