सूचीकृत कम्पनीले 'लकइन पिरियड' सकिनुभन्दा ३० अघि नै यस सम्बन्धी जानकारी दिनुपर्ने भएको छ।
गत शुक्रबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो जानकारी प्राप्त भएदेखि लकइन अवधि सकिएको एक हप्तासम्म वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
स्थानीय बासिन्दामा जारी भएको सेयर र संस्थापक सेयरमा लकइन पिरियड राखिएको छ।
स्थानीय स्रोत साधनको प्रयोग गर्ने कम्पनीले स्थानीय बासिन्दाको लागि अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था छ। यसरी आरक्षणको रुपमा दिइएको यो सेयरको लकइन पिरियड तीन वर्षको हुने गर्छ।
लकइन पिरियड खुलेसँगै बजारमा सेयर आपूर्ति बढ्ने भएको भन्दै सम्बन्धित कम्पनीको मूल्य घट्ने गर्छ।
दोस्रो बजारमा अन्य सर्वसाधारणसँग रहेको यस्ता कम्पनीको सेयर किनबेच भइरहेको हुन्छ। यस्तोमा यो सूचना अभावमा नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्नेभन्दै आवाज उठ्ने गरेको थियो।
