छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ।