लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा यस बैंकको लाभांश दर घटेको छ।