नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७३ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रूपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ४२ पैसा र बिक्रीमा २८ रूपैयाँ ५५ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ।