८ दिनमै सेयर बजार परिसूचक नेप्से १५० अंक हाराहारी बढेपछि नाफा सुरक्षित गर्ने क्रम पनि बढेको छ।
यही कारण बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखियो। कारोबार अवधिमा कहिले ११ अंकसम्म घट्ने कहिले २७ अंकसम्म बढ्ने भयो। तर पनि कारोबार रकम भने उच्च नै छ। यसदिन बजार बन्द हुँदा नेप्से २.६० अंकले बढेर १९८८.0४ बिन्दुमा पुगेको छ।
कारोबार रकम ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० पुगेको छ। यसले पनि सेयर किन्ने जमात उत्तिकै रहेको देखाउँछ।
मंगलबार ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोड रूपैयाँ घटेको हो।
यस दिन २९२ वटा धितोपत्रको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन बोटलर्स नेपाल बालाजुको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३ हजार २६५ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर मूल्य ३३० रूपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.६९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७७७ रूपैयाँ १० पैसामा सीमित भएको छ।
यस्तै, सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१९ रूपैयाँ ६० पैसा कायम भएको छ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँमा १४ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२२ रूपैयाँमा १२ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशतले बढेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले घटेको छ।