कुमारी बैंकले आफ्ना ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ।
बैंकले जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्नेछ।
यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरू उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ।
बैंकले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान बनाउने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो।
बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरू प्रवर्द्धन गर्ने गरेको छ।
बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर रहेको बैंकको भनाइ छ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत् अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।