साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेको छ।
यसदिन बजार ०.३२ प्रतिशतले बढेर १९९४.६० बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यसदिन ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोड रूपैयाँ घटेको हो।
यस दिन ३०० वटा धितोपत्रको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसदिन बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त,
नेपाल हाइड्रो डेभलपर र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यसैगरी, गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.९८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य ६४५ रूपैयाँ २० पैसामा सीमित भएको छ।
यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य ४.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७३५ रूपैयाँ कायम भएको छ।
बिहीबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३६१ रूपैयाँ ८० पैसामा १६ करोड ०४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४७ रूपैयाँमा ११ करोड ४९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक ०.९२ प्रतिशतले घटेको छ।