चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ४७ अर्बले धेरै भएको छ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायतालगायत सबै गरेर भित्रिने रकमभन्दा बाहिरिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।
आयातमा आएको कमीको कारण पनि भुक्तानी सन्तुलनमा आएको छ। यही कारण मुलुकको चालु खाता पनि ९६ अर्ब रूपैयाँ नाफामा देखिएको छ।
वार्षिक रुपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको छ। चालु आर्थिक वर्ष अन्त्यसम्म पनि यो खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ।
चालु खातालाई मुलुकको खुद आम्दानीको रुपमा समेत हेरिन्छ।
चालु आर्थिक वर्षको चार महिनामा आयात ३.८ प्रतिशतले घटेर ५ खर्ब १२ अर्ब रूपैयाँमा सीमित भएको छ।
चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। पर्यटकबाट भएको आम्दानी २५ अर्ब ७३ करोड रूपैयाँ आम्दानी भएको छ।