एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटिएम सञ्चालनमा ल्याएको छ।
यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।
बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याइसकेको छ।
यसैगरी, बैंकले रामबजार, पकाडि, सुरुंगा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङवा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।
बैंकले हाल देशभर २०१ शाखा, १६६ एटिएम, १२ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ।