जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी पाँचौ वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १४.२८५ प्रतिशत बोनस र ०.७१४ प्रतिशत नगद गरी कुल १४.९९ प्रतिशत लाभांश दिएको थियो।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २०० रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।